जुत्ताभित्र लागुऔषध लुकाएर ल्याउने एकजना पक्राउ

जुत्ताभित्र लागुऔषध लुकाएर ल्याउने एकजना पक्राउ

कञ्चनपुर-कञ्चनपुरमा एकजना युवक खैरो हिरोईन सहित पक्राउ परेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटाका अरुन राना लागुऔषध सहित पक्राउ परेका हुन ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले रानालाई पक्राउ गरिएको छ । रानाको साथले कालो स्पोर्टसको जुत्ताको सोलमुनी तानसेन लेखेको प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा लुकाएको २ ग्राम ८२०मिनिग्राम लागु औषध बरामद गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ निरीक्षक केशव जोशी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर जिप्रका बुझाईएको छ ।