सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

सुदूरपश्चिमका मुख्यमन्त्री  सोडारीले दिए अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन् ।

विश्व श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवि दाजुभाई तथा दिदीबहिनीहरुमा शुख, शान्ति र समृद्धिको कामना गनरेका छन् ।

आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।