डडेल्धुरामा एक महिला धारिलो हतियार प्रहारबाट गम्भिर घाइते, एकजना पक्राउ

डडेल्धुरामा एक महिला धारिलो हतियार प्रहारबाट गम्भिर घाइते, एकजना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा श्रीमानले धारिलो हतियार बन्चरो प्रहार गर्दा एक महिला गम्भिर घाइते भएकी छिन् ।

जिल्लाको आलिताल गाउँपालिका-२ मटेला बस्ने ३८ बर्षिया डम्मरीदेवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले बन्चरो प्रहार गरेका हुन् ।

मंगलबार उनीहरुको घरायसी बिषयमा विवाद हुँदा कर्ण बहादुरले डम्मरीको टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि श्रीमतीलाई स्थानियले गांखेत स्वास्थ्य चौकिमा लगेका थिए । त्यहाँ उपचार संम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ । गम्भिर रहेकी उनको अहिले  माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

कर्ण बहादुरलाई प्रहरीले नियन्त्रण लिएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।