इलाममा सुहाङ नेम्वाङको मत १६ हजार नाघ्यो रास्वपाका उम्मेदवार निकै पछि

इलाममा सुहाङ नेम्वाङको मत १६ हजार नाघ्यो रास्वपाका उम्मेदवार निकै पछि

इलाम २ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता बढ्ने क्रम रोकिएको छैन ।
अहिलेसम्म ४१ हजारभन्दा धेरै मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ५ हजार ६ सय ७१ मतको अन्तर छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार मिलनकुमार लिम्बु निकै पछि पर्नुभएको छ । उहाँले २ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ ।

अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । एमालेका नेता सुवाचन्द्र नेम्वा