नक्कली परीक्षार्थी पक्राउ

नक्कली परीक्षार्थी पक्राउ

कालीकोट । कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको सट्टामा परीक्षा दिँदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटले तिलागुफा नगरपालिका–६ स्थित सत्यदेवी परीक्षा केन्द्रबाट अर्कोको सट्टा परीक्षा दिइरहेका वर्ष २६ का पम्व विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ ।  

उहाँले कालीका माध्यमिक विद्यालय छाप्रे ७ बाट कक्षा १२ मा अध्ययनरत प्रकाश पन्थीको परीक्षा दिंदैगरेको भेटिएपछि पक्राउ परेका हुन् । पन्थी भने फरार छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले यसअघि पञ्चदेव परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेको बताए । 

यो सामाजिक विषयसहित पहिलो दिन १४ गते अङ्ग्रेजी विषयको परीक्षा दिंदैगरेका दुई जना नक्कली परीक्षार्थीसहित कालीकोटमा आजसम्म तीन जना नक्कली परीक्षार्थी पक्राउ परेको बताए । 

पन्चदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट जनजीवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता भानुप्रभात पाण्डेको सट्टामा परीक्षा दिँदै गरेका एक नाबालक र किसान शाहीको सट्टामा परीक्षा दिँदै गरेका अर्को नाबालक गरी दुई जना पक्राउ परेका थिए । उनीहरू नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।