बझाङ प्रदेशसभामा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभामा एमालेका भण्डारी विजयी

धनगढी । बझाङ प्रदेश १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् ।
उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार भण्डारी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका हुन भने कांग्रेसका सिंह ११ हजार ३४३ मत ल्याएका हुन । 

यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन भने नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् ।