इलाम–२ मा एमालेको अग्रता

इलाम–२ मा एमालेको अग्रता

काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारले अग्रता बनाएका छन् । 

सोमबार बिहान ८ः५५ सम्म प्राप्त अद्यावधिक विवरणअनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतका साथ अग्रता बनाएका छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार २८० मत पाएका छन् भने तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् ।