बझाङमा कांग्रेसको अग्रता, एमाले पछ्याउदैँ

बझाङमा कांग्रेसको अग्रता, एमाले पछ्याउदैँ

धनगढी । बझाङमा मत गणना जारी रहेको छ । हाल सम्म गरिएको मतगणना अनुसार कांग्रेसले अग्रता बढाएको छ ।

कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८ हजार ९११ मत पाउँदा एमाले उम्मेदवार दमन भण्डारीले ८ हजार ६१३ मत ल्याएका छन् । 

अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले तीन हजार ११३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् । राप्रपाका किशोर  खड्काले २०८ मत प्राप्त गरेका छन् ।