इलाममा निरन्तर एमालेको अग्रता कायमै

इलाममा निरन्तर एमालेको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राखेका छन् ।

उनले ८ हजार ८८ मतका साथ अग्रता कायमै राखेका हुन् । कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २२ सय ५७ मतले पछाडि परेका छन् । कांग्रेसका खड्काले ५ हजार ८३१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ४३० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ९८ मत पाएका छन् ।