इलाम २ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

इलाम २ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

इलाम २ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ ।

फाकफोकथुम १ नम्बर वडाको मत गन्दा उहाँले ६ सय ५७ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १ सय ८७ र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बुले १ सय १५ मत पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । अहिले मतगणना भइरहेको छ ।