टिप्परको ठक्करबाट बलालको मृत्यु

टिप्परको ठक्करबाट बलालको मृत्यु

पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ २ सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा ७ जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो । 

बुटवलबाट दोभान कचल सडक हुँदै सर्वोत्तम सिमेन्ट खानीतर्फ जाँदैगरेको लु २ ख ८७४ नम्बरको टिप्प्रले विपरीत दिशाबाट आइरहेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

मृतकको शब पोष्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । टिप्परचालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।