वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको विशाल लक्ष्य

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको विशाल लक्ष्य

काठमाडौं ।  ५ खेलको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।

वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडीम एलेनसँग पाचौं विकेटका लागि ५७ रनको साझेदारी गरे ।

कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चाल्र्स शुन्य रनमा आउट भए । कडीम एलेन १४ र किमो पल  रनमा अविजित रहे ।

बलिङमा नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले एकएक विकेट लिए ।