सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने रेशमको घोषणा

सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने रेशमको घोषणा

धनगढी – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सँगको तस्विर साझा गर्दै पार्टीका संरक्षकरेशम चौधरीले लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता बताएका हुन ।
उनले महासचिव ठाकुरसिंह थारुलाई साँक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन पनि आग्रह गरेका छन ।

उता रञ्जिताले पनि नागरिक उन्मुक्ति पार्टी जसको हो उसैको हो भन्दै रेशमलाई नै संस्थापक स्विकारेकी छिन् । उनले आफ्नो पार्टीभित्र धेरैले खेल्न नखोजे हुने चेतावनी दिएकी छिन् । उनले आफूहरु दुई पति पत्नीलाई छुट्याएर कसैको केही नहुने भन्दै सचेत गराएकी छिन ।