दलित समुदाय एकजुट हुनुपर्नेमा जोड

दलित समुदाय एकजुट हुनुपर्नेमा जोड

धनगढी । दलित समुदाय एकजुट हुनुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । शुक्रवार कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय दलित मुक्ति अभियान कार्यक्रममा सहभागीले दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसीले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताएका छन् ।

राष्ट्रिय दलित मुक्ति अभियानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उनले समाजमा अझै विभेद विद्यमान रहेको बताए । जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै रहेको उनको भनाई छ  । 
इतिहासदेखि दलित समुदायमाथि गरिँदै आएको अमानवीय विभेदको विरुद्धमा सबैले एकजुट भएर लाग्नुपर्नेमा उनको जोड छ । 

गैर दलित समुदायले पनि दलित मुक्ति र अधिकारको लागि सबैभन्दा बढी झण्डा बोकेर आन्दोलित हुनुपर्ने आजको आवश्यकता भएको उनको ठहर छ ।

दलितका लागि दलितस अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनारले दलित अधिकारको माग गर्नु अरू समुदायको अधिकार खोस्नु नभएको बताएका छन् ।

 ‘अधिकारका लागि गाउँ गाउँबाट आवाज उठाउनु पर्छ, अधिकारका लागि नबोल्दासम्म विभेदको चपेटामा पिल्सिनु पर्छ उनले भने  अब दलितहरु एक भएर अगाडि बढ्नु पर्छ । 
दलितका अधिकार संविधानको कागजमा मात्रै सीमित भएको भन्दै आफ्ना अधिकार प्राप्तिका लागि दलित आफै जुट्नु पर्ने उनको भनाई छ । 

दलित समुदाय आफै जागरुक नभएसम्म दलितका मुद्दा स्थापित हुन नसक्ने उनको भनाइ छ ।
सधैँ जुट्यौँ अरूको लागि अब जुटौँ आफ्नो हक अधिकार र आत्मसम्मानको लागि भन्ने नारासहित कञ्चनपुरमा सभा सम्पन्न भएको हो ।

सधैँ जुटेऊँ अरुकोलागि अब जुटौँ आफ्नो हक अधिकारका लागी दलित अभियान कञ्चनपुर जिल्ला संयोजक रामसिंह विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसी, विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य हिरा सिंह सार्की, संविधानसभा सदस्य पुरनसिंह दयाल, राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख हरि ज्ञवाली, राष्ट्रिय दलित अभियानता खगेन्द्र सुनार लगायतको  उपस्थिति रहेको थियो ।