कञ्चनपुर भन्सारका तत्कालीन नायब सुब्बा विरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै मुद्धा दायर

कञ्चनपुर भन्सारका तत्कालीन नायब सुब्बा विरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै मुद्धा दायर

कञ्चनपुर भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईमाथि दुई करोड रकम अवैध आर्जन गरेको अभियोगमा मुद्या दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले गैरकानुनी रुपमा आर्जन गरेको उक्त रकमको स्रोत नखुलेपछि मुद्या दायर गरिएको हो ।

विभिन्न कार्यालयमा रहँदा आर्जन गरेको अवैध रकम दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ रहेको ठहर अख्तियारको छ । उक्त रकम जफतको मागदाबी सहित सोमबार विशेष अदालतमा मुद्या दायर गरिएको हो ।