कैलालीबाट चरेशसहित एकजना पक्राउ

कैलालीबाट चरेशसहित एकजना पक्राउ

धनगढी । कैलालीबाट चरेशसहित एकजना पक्राउ परेका छन्। बझाङको छब्बिस पाथिभरा गाउँपालिका–७ घर भएका ४८ वर्षीय कलक धामीलाई बिहीवार पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया स्थित धामीले नै सञ्चालन गरेको अन्नपुर्ण होटलबाट १९८.८७ ग्राम चरेससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।