वेस्ट इन्डिज ‘ए’ विरूद्ध खेल्ने नेपाली टिम घोषणा, आरिफ शेख टिममा फर्किए

वेस्ट इन्डिज ‘ए’ विरूद्ध खेल्ने नेपाली टिम घोषणा, आरिफ शेख टिममा फर्किए

काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको ‘ए’ टिम सँग पाँच खेलको टी-२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। 

१६ सदस्यीय नेपाली टिममा आरिफ शेखले पुनरागमन गर्दा बाँकी १५ खेलाडी भारत भ्रमणमा गएका छन्। 

त्रिवि मैदानमा हुने सिरिजका खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। 

वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो। भ्रमणलाई वेस्ट इन्डिजले आइसिसी टी(२० विश्वकपअघिको तयारीको रुपमा लिएको छ। किनभने सिरिजबाट राष्ट्रिय टिम पार्न सक्ने खेलाडीको पहिचान गर्न सकिने वेस्ट इन्डिजको भनाइ छ। 

नेपालले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ। ओमानमा भएको एसिसी प्रिमियर कप खेलेर हिजो फर्किएको नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि अमेरिका जानेछ। विश्वकपमा नेपाल समूह डी मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ। 

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द र आरिफ शेख। 

वेस्ट इन्डिज टिम 
रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श