लागूऔषधसहित धनगढीका एक युवक पक्राउ

लागूऔषधसहित  धनगढीका एक युवक पक्राउ

कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका ७ बेलीबाट ९० मिलिग्राम अबैंध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी रानालाई पक्राउ गरेको बताएको छ।