दृष्टि फाउण्डेसन नेपालद्धारा मानसिक सन्तुलन गुमाएकी सडक महिलाको उद्धार

दृष्टि फाउण्डेसन नेपालद्धारा मानसिक सन्तुलन गुमाएकी सडक महिलाको उद्धार

धनगढी : धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालले एक सडक महिलाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३२÷३३ बर्षिय महिलालाई आइतबार राति १० बजे बसपार्क नजिकै बाट उद्धार गरिएको हो ।

सडक जिवन बिताइरहेकी उक्त महिलालाई स्वस्फूर्त युवा समूह को सुचना र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड को सल्लाह अनुसार वडा प्रहरी कार्यालयको सहयोग तथा सहकार्यमा बसपार्क नजिकै बाट उद्वार गरिएको हो ।

रातको १० बजे नै उक्त महिलालाई दृष्टि फाउण्डेसनको अल्पकालीन सुरक्षित घरमा ल्याइएको हो । दृष्टि फाउण्डेसन नेपालले यस महान पुण्य कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।