ड्युटीमा रहेका प्रहरीकै पेस्तोल हरायो

ड्युटीमा रहेका प्रहरीकै पेस्तोल हरायो

काठमाडौं। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट ड्युटीमा रहेका प्रहरीको पेस्तोल हराएको छ । आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।

१० राउन्ड गोली भरिएको पेस्तोल हराएको हो। ड्युटीमा खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरीलाई आएको विशेष सूचनाको आधारमा अनुसन्धान गर्न गएका वरिष्ठ सइ बिसीले बुझेर लगेको पेस्तोल हराएको हो, पेस्तोलको खोजीकार्य भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने भने ।