साइबर क्राइम र लागुऔषध सम्बन्धि जनचेतना दिदै प्रहरी

साइबर क्राइम र लागुऔषध सम्बन्धि जनचेतना दिदै प्रहरी

बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी प्रशिक्षण दिन थालेको छ ।

शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साइबर क्राइमसम्बन्धी जानकारी दिइएको छ ।  

नेपाल स्काउटसँगको समन्वय, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको नेतृत्वमा उक्त प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक नवराज पाण्डेय, शिक्षिका प्रेमा बुढाऐरलगायतको उपस्थितिमा नेपाल स्काउटमा आबद्ध वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकलगायत विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६० विद्यार्थीको सहभागिता रहेको थियो ।