बैतडी ट्रयाक्टरले किच्दा एकजनाको मृत्यु

बैतडी ट्रयाक्टरले किच्दा एकजनाको मृत्यु

बैतडी । बैतडी ट्रयाक्टरले किच्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिलासैनी १ ब्रमबाट सीमातर्फ गइरहेको  सुपप्र ०१००२ त ४६८६ नं को ट्रयाक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा उनलाई किचेको हो।

ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।