सुदूरपश्चिमको महत्त्व झल्काउने भित्ते पात्रो सार्वजनिक

सुदूरपश्चिमको महत्त्व झल्काउने भित्ते पात्रो सार्वजनिक

धनगढी । सुदूरपश्चिमको महत्त्व झल्काउने भित्ते पात्रो आइतबार सार्वजनिक गरिएको छ। 
राज भिजन प्रालिले २०८१ सालको लागि तयार गरेको भित्ते पात्रोमा फोटो पत्रकार राजेन्द्र थापाले संकलन गरेका तस्बिरहरू राखिएका छन् ।

यहाँका सबै जिल्लाको तस्बिर राखिएको भित्ते पात्रोले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न राज भिजन प्रालिका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार राजेन्द्र थापाले जनाए ।

‘यहाँ सुदूरपश्चिममा ओझेलमा परेका तथा प्रसिद्ध सबै स्थान र स्थलहरूको तस्बिर रहेका छन् केही धेरैले थाहा पाएका तथा केही कसैले नदेखेका पनि होलान्’ उनले भने ‘ती सबै स्थान र स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले भित्ते पात्रो प्रकाशन गरिएको हो ।’

थापाले आफूले तयार गरेको भित्ते पात्रो निःशुल्क रुपमा वितरण गर्ने समेत जानकारी दिए । उक्त कामले थप पर्यटकीय क्षेत्रको पहिचानमा टेवा पुग्ने उनको विश्वास रहेको थियो ।

भित्ते पात्रो विमोचन गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले फोटो पत्रकार थापाले नयाँ र नवीन कामको सुरुवात गरेको जनाएका थिए । उनले यस वर्षको लागि जारी भएको भित्ते पात्रोले प्रदेशका सबै क्षेत्रको बारेमा नयाँ जानकारी दिने बताए । 

आइतबार धनगढीस्थित दहिटान घरमा पत्रकार महासङ्घ प्रदेश अध्यक्ष रावलसहित पूर्व अध्यक्ष अर्जुन शाह, प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोगश्वरी कुवर, प्रदेश पत्रकार महासङ्घका सचिव हरि जोशी,  पत्रकार दीर्घ राज उपाध्याय उन्नति चौधरी, श्रवण देउवा, भानुभक्त आचार्य, युवराज न्यौपाने , शंकर बोहरा लगायतले सामूहिक रुपमा भित्रै पात्रो विमोचन गरेका थिए ।