आईपीएल : गुजरात टाइटन्स विजयी

आईपीएल : गुजरात टाइटन्स विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराती भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । 

मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स  छैटौं स्थानमा उक्लिएको हो । राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात विकेट गुमाउँदै हासिल हासिल गर्‍यो ।

गुजरातका लागि शुभमन गिलले ३५ र साइ सुदर्सनले ३१ रन बनाए भने ऋद्धिमान साहा र अज्मतुल्लाह ओमरजाईले १३–१३ रनको योगदान दिए ।

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई विकेट हात पारे ।

टस जितेर ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । यसका लागि प्रभासिमरन सिंहले ३५ रन बनाए भने हरप्रित भ्रारले २९ रन जोडे । 

पञ्जाबलाई सस्तो स्कोरमा रोक्नका लागि साई किशोरलेचार विकेट लिए भने मोहित शर्मा र नुर अहमदको नाममा दुई दुई विकेट रह्यो । 

जितसँगै गुजरातले आठ खेलमा आठ अंक जोडेको छ समान खेलबाट चार अंक जोडेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।