पूर्वीचौकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई भब्य स्वागत

पूर्वीचौकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई भब्य  स्वागत

पूर्वीचौकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत गरिएको पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
प्रशासकीय अधिकृत श्रेष्ठलाई खादा लगाएर कार्यालयमा स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले पालिका सम्पुर्ण क्रियाकलाप चुस्त दुरुस्त तरिकाले पालिका बासिलाई सेवा दिन आग्रह गर्दै कार्यकालको शुभकामना समेत दिएका छन ।
आफ्ना लागि सबै कर्मचारी बराबर भएको बताउनुहुँदै उहाँले सबै मन जित्ने गरी काम गर्ने चाहाना आफ्नो भएको बताउनुभयो ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलको सरुवा भए पछि  केही महिना  रिक्त पदमा श्रेष्ठ हाजिर भएका हुन ।