ओली अस्वस्थ, घरमै आराम गर्दै

ओली अस्वस्थ, घरमै आराम गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन् ।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उनी सहभागी हुन सकेका थिएनन् ।

बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् ।