कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिनसहित २ जना पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनारसहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।