जनताको रोजाईमा अवसर नपाएका नेता दिलबहादुर

जनताको रोजाईमा अवसर नपाएका नेता दिलबहादुर

धनगढी । यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं. १ (क) बाट उम्मेदवार बेका छन् दिलबहादुर सिंह ।

नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर आफ्नो चुनावी अभियानलाई घर दैलौमा पुर्याउन अभ्यस्त छ् । उनलाई जिताउन केन्द्रिय सचिव गरिमा शाह लगायत प्रदेशका नेता तथा कार्यकर्ता अहोरात्र खटिरहेका छन् ।

शान्त स्वभाव मिलनसार व्यक्तिको छवी बनाएका सिंह उपविर्नचनमा खासगरी नेकपा एमाले, नेपाली काँग्रेस माओवादी लगायत अन्य उम्मेदवारका लागि टाउँको दुखाई बनेका छन् ।

जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकालीन शासनकालमै वि।सं २०१५ साल कात्तिक १० गते जन्मिएका दिलबहादुर सिंहले २० वर्षको उमेरदेखि राजनीतिक आन्दोलनमा समाहित भएको बताउँछन् ।
उनी त्यति बेलादेखिका राजनीतिक सिपाहीको हुन र सिंह यतिखेर चुनाबी मैदानमा आफै योद्धाका रुपमा बझांगको समृद्धि र विकासको एजेण्डा बोकेर चुनावी अभियानको दौरानमा छन् । सिंह २०३५ साल देखि निरन्तर राजनितिक आन्दोलनमा रहँदै आएको बताउँछन् ।

सिंह बझाङको समग्र बिकासका लागि सधै अग्रसर भएर काम गर्नेमा उनी एक हुन । त्यसैले त अहिले आफू उम्मेदवार बनेपछि जतामा उत्साह जागेको सिंह बताउँछन् ।
उनी भन्छन् आफूले गरेको कामको मूल्यांकन नै चुनाव जित्ने मूल आधार हो । अन्याय , दमन, शोसक , छुवाछुतलाई सधैका लागि अनत्य गर्नुपर्छ भन्ने अभियानमा लागेका सिंहले यस अघि उम्मेदवार बन्न नपाएको खिन्नता प्रकट गरे ।

२०३५ सालमा अनेरास्वबियूको सदस्यता लिएका सिंहले २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्थाको पक्षमा मतदान गरेका थिए ।

२०३८ सालमा स्ववियु निर्वाचनमा जयपृथ्वी क्याम्पसमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए । पंचायतीशासनव्यवस्थाढाल्नका लागि गरिएको बहुदलीय आन्दालेनको बेला २०४६ मा उनलेनेतृत्वदायी भूमिका निर्वाह समेत गरेको बताउँछन् ।

२०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी बझाङको संथापक जिल्ला कमिटी सदस्य भएका उनी बिभिन्न बिभागीय प्रमुखको जिम्मेवारी बहन गर्दै २०५४सम्म युवा संघ बझाङको जिल्ला कमिटी अध्यक्ष रहेका थिए ।

२०४९ सालमा स्थानीय जिल्ला विकास समितिको उप–सभापती पराजीत भएका उनी २०५४ सालमा सोही पदमा बिजयी भई भएका थिए । सिहं २०६२–६३ सालमा प्रमुख संयोजकको भुमिकामा रहँदै आन्दोलन गरिरहँदा प्रहरी हिरासतमा पटक–पटक पुगेका थिए ।

२०६९ सालमा ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित सिंह २०७५ सालमा प्रदेश कमिटी सचिवालय सदस्य भएका थिए ।

राजनीतिमा कुनै अवसर नपाएका सिंह यसपालिको उप निर्वाचनमा जताको नजरमा परेको सिंहको प्रचारप्रसार अभियानका क्रममा बझाङ पुगेका एमाले नेता प्रतापबहादुर चन्दको भनाइ छ ।

सो निर्वाचन क्षेत्रमा एमालेका दमन भण्डारी, काँग्रसका अभिशेष सिंह र माओवादीका जनक बूढा लगायत उम्मेदवार रहेका छन् । उम्मेदवारहरुले आआफ्नै जित्ने दाबी गर्दै आएका छन् ।