प्रधानमन्त्री कप महिला क्रिकेट : वर्षाका कारण एपीएफ र गण्डकीले अंक बाँडे

प्रधानमन्त्री कप महिला क्रिकेट : वर्षाका कारण एपीएफ र गण्डकीले  अंक बाँडे

कञ्चनपुर : महेन्द्रनगरमा भइरहेको प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सोमबारको दोस्रो खेल वर्षाले प्रभावित भएको छ।

समूह ए अन्तर्गत एपीएफ र गण्डकी बीच हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएको छ। वर्षापछि खेल रद्ध भएको थियो। एपीएफ र गण्डकी प्रदेशको खेलमा दुवैले एक-एक अंक बाड्न बाध्य भएको यस प्रतियोगिताका टेक्निकल प्रमुख विनय कुमार झाले जानकारी गराएका छन्।

सोमबार भएको पहिलो खेलमा भने सुदूरपश्चिम प्रदेशले प्रदेश ५ लाई पराजित गर्दै दोस्रो जित हात पारेको छ। समूह ए मा सबै तीन खेल खेलिसकेको सुदूरपश्चिम प्रदेश २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा छ।

यस्तै एक जित र एक खेलमा अंक बाँडेको एपीएफल ३ अंकसहित दोस्रो स्थानमा छ। प्रदेश ५ २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ भने गण्डकीको १ अंक मात्र छ।