व्याक्तिगत घट्ना दर्ताका विषयमा बहस हुन जरुरी

व्याक्तिगत घट्ना दर्ताका विषयमा बहस हुन जरुरी

धनगढी । नेपालमा व्याक्तिगत घट्ना तथा राष्ट्रिय घट्ना दर्ता किन गर्ने भन्ने विषयमा बहस हुन जरुरी रहेको सरोकारवाला निकायले बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ र जिआइजेटको सहयोग तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा शुक्रवार धनगढीमा आयोजित नेपालमा व्याक्तिगत घट्ना तथा राष्ट्रिय घट्ना दर्ता सप्ताह सम्बन्धी छलफलमा सरोकारवालाहरुले सो कुरा बताएका हुन ।

फाया नेपालमा कार्यरत सचिदानन्द जोशीले  व्याक्तिगत घट्ना तथा राष्ट्रिय घट्ना दर्ता किन गर्ने भन्ने विषयमा बहस हुन जरुरी रहेको बताएका छन् । ‘व्याक्तिगत घट्ना दर्ता किन गर्ने भन्ने विषयमा पहिले पनि समस्या थियो अहिले पनि समस्या छ । उनले भने-यसमा ब्याक्तिलाई राज्यलाई पनि बुझाईमा समस्या छ ।’ जन्म, मृत्यू, नागरिकता तथा विवाह दर्ता लगायतका घट्ना समयमै दर्ता गर्नुपर्छ भन्ने मान्यता अझै समाजमा पर्याप्त रूपमा भएको देखिदैन् । दर्ता गर्ने निकायका मानिस र आम जनतालाई पनि राखेर हाम्रा सामान्य क्रियाकलाप कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी रहेको उनले बताए । विशेष घट्नाक्रमलाई साप्ताहिक तथा हप्ताका रूपमा मनाउनुपर्छ भन्दा पनि यसलाई नियमित कसरी बनाउनुपर्छ भन्ने विषयमा बढी ध्यान दिनुपर्ने उनको बुझाई छ ।

पछिल्लो समय बहुविवाह र बालविवाहबाट जन्मिएका बच्चाहरुको जन्म दर्तामा समस्या रहेको ओरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले बताइन् । उनीहरुलाई सहजरुपमा जन्म दर्ता गराउँन विभिन्न समस्या हुने गरेको बताइन् । उनले एकल आमाका नामबाट पनि बच्चाको जन्म दर्ता हुनुपर्ने बताइन् । 
विद्यालय जाने उमेर समूहका हुँदा सम्म उनीहरूको जन्म दर्ता नहुँदा समस्या हुने उनले बताइन् । ‘दर्ता प्रक्रियामा छोरा भन्दा छोरीको सङ्ख्या कम रहेको छ उनले भनिन् –छोरीलाई महत्त्व दिइएको पाइँदैन ।,’ यस विषयमा वडाका सचिव तथा जन समुदायमा पनि सही सूचना प्रवाह गर्न जरुरी छ ।

बिगत २० वर्षदेखि अपांगताका क्षेत्रमा कार्यरत भीम बहादुर शाहले बनेका नियम कानुन कार्यान्वयन नभएको बताएका छन् । अपांगता भएकै कारण जन्म दर्तादेखि लिएर अंश बण्डा समेत नपाउने अवस्थामा छ उनले भने यस्ता बालबालिकालाई समाज र घर परिवारले नै हेपेको छ । उनीहरुलाई जन्म दर्ता नहुँदा विद्यालय भर्नामा समेत समस्या देखिने उनको भनाई छ । विगतदेखि नै अपांगता भएकाले यस्ता समस्या भोग्नुपर्ने हुँदा यसमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत गणेश जोशीले जन्म दर्ता गर्दा एकल तथा उमेर नपुगेका आमाले पनि बालबालिकाको जन्म दर्ता गराउन मिल्ने बताउँछन् । बच्चा जन्मिसकेको अवस्थामा वडामा गएर जन्म दर्ता बनाउन सक्ने हुँदा यस विषयमा सहजीकरण वडाले पनि गर्न जरुरी रहेको उनले बताए । जन्म दर्ता गराउन उमेर नै पुगेको आमा, बुवा अथवा बुवा नै चाहिन्छ भन्ने नहुने उनले बताए ।

बास नेपाल धनगढीमा कार्यरत तेज बोहराले जन्म दर्ताको विषयमा वडा सचिव नै जानकार नभएको बताउँछन् । उनले बालविवाहबाट पनि जन्मिएको बच्चाले जन्म दर्ता पाउनुपर्छ भन्ने कुरा सबै वडाका सचिवलाई जानकारी नहुँदा कैलालीका विभिन्न वडाका बालबालिका अझै यसबाट बन्चित हुन पुगेको बताउँछन् । यसमा वडा सचिवलाई पनि राखेर छलफल चलाउन आवश्यक रहेको बताए । जन्म दर्ता नभएकै कारण विद्यालय जानेदेखि लिएर अंशबन्डा र काम काजमा समेत समस्या भोग्नुपर्ने अवस्था आइरहेको उनको भनाई छ । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूून मन्त्रालयका उपसचिव कृष्ण प्रसाद नेपालले विभिन्न पालिकामा काम भइरहेको भए पनि कानुनी ज्ञानको अभाव देखिएको बताएका छन् । उनले ब्याक्तिगत घट्नालाई महत्वका साथ हेरिएको बताएका छन् ।

संघिय संरचनामा बनेका घट्ना दर्ता हुने गरेको उनले भने यसको व्यवस्थापन स्थानीय र प्रदेशले पनि गर्नुपर्छ । उनले वडाका सचिवसँग पनि यस विषयमा आवश्यक छलफल गर्न जरुरी रहेको बताए । उनले जन्म, मृत्यु, विवाह दर्ता लगायतका महत्त्वपूर्ण घट्ना दर्ता समयमै गर्नेको सङ्ख्या न्यून रहेको बताए । आन्तरिक मामिला तथा कानूून मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा शुक्रवार नेपालमा व्याक्तिगत घट्ना तथा राष्ट्रिय घट्ना दर्ता सप्ताह सम्बन्धी छलफल भएको हो । छलफलमा विभिन्न संघसंस्थाका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि, लगायत पत्रकारको सहभागिता रहेको थियो ।