"धनगढी उपमहानगरपालिकाको बजेटमा बिभेद"

"धनगढी उपमहानगरपालिकाको बजेटमा बिभेद"

धनगढी : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभामा उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्षका लागि संघीय सरकारको कार्यक्रम बाहेक १ अर्ब ५८ करोड ४ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

आगामी आर्थिक बर्षका लागि अनुमनित बजेटमा पूजीगत तर्फ ८१ करोड ६८ लाख  र चालू तर्फ ७६ कारेड ३६ लाख रहेको छ । धनगढी उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तसम्म रु १३ करोड ९ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सो अवधिसम्म बाह्य श्रोतबाट रु एक अर्व ८० करोड ६० लाख ६३ हजार प्राप्त गरेको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा आन्तरिक श्रोतबाट रु ९ करोड ७६ लाख २३ लाख ८ हजार ७१ तथा बाह्य श्रोतबाट रु एक अर्व ५ करोड ८६ लाख ९ हजार तीनसय २४ गरी कुल एक अर्व १५ करोड ६२ लाख ३३ हजार एकसय ९५ कुल आम्दानी गरेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक र वाह्य आम्दानी रु १८ करोड ६ लाख १० हजार दुईसय २९ ले बढेको हो ।

व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी मुल नारासहित धनगढी उपमहानगरपालिकाले चौथो नगरसभाको आयोजना गरेको हो । हाल धनगढी उपमहानगरपालिकाभित्र कालोपत्रे सडक निर्माण एकसय ८७ दशमलव ८४ किलोमिटर, सडक मर्मत ४ सय ५० दशमलव ५४ किलोमिटर तथा ग्राभेल सडक निर्माण ७३ दशमलव ६६ किलोमिटर भएकोे 

उपमहानगरपालिकाले विभिन्न शिर्षकमा कर बढाउने तयारीलाई पनि अघि बढाएको छ । निजी अस्पताललाई १५ हजारबाट २० हजार, ठुला पसल एकहजारबाट बढाएर एक हजार पाँचसय, रेष्टुरेन्ट तथा बारलाई २ हजार ५ सयबाट बढाएर पाँच हजार पु¥याइने भएको छ ।

नाता प्रमाणित दस्तुर रु पाँचसय, सिफारिसवाफत रु दुईसय ५०, बसोवास प्रमाणिकरणअन्तर्गत स्थायी रु एकसय तथा अस्थायीलाई रु दुईसय लिने गरी विभिन्न शिर्षकमा उपमहानगरपालिकाले करवृद्धि गरेको छ । घर नक्सा पास गर्दा अब घेरापर्खालको पनि नक्सा पास गर्न अनिवार्य गरिने नीति लिएने उप प्रमुख भट्टले बताउनुभयो । 

नेकपाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुको आपत्ति

कुल १९ वडा रहेको धनगढी उपमहानगरपालिकामा ७ वडाहरुमा नेकपाबाट निर्वाचित वडाअध्यक्षहरु छन् । उपमहानगरपालिकाको चौथो नगर सभामा नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले योजना र बजेट आवश्यकताको आधारमा भन्दा पहुँचको आधारमा बाँडफाँड हुने गरेको आरोप लगाएका छन् ।

उपमहानगरपालिकाको वडा नम्वर ३, ६, ११, १४, १७, १८ र १९ वडाका वडाअध्यक्षहरुले नीति, कार्यक्रम र बजेट पहुँच र शक्तिको आडमा आएको बताएका हुन् । नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुको तर्फबाट बोल्दै ३ नम्वर वडाअध्यक्ष बलबहादुर ऐरले शिव आधारभुत र जनता आधारभुत विद्यालयको आर्थिक अवस्था निकै कमजोर रहेका बेला उपमहानगरपालिकाले पटक÷पटक आर्थिक अनियमिततामा जोडिदै आएको त्रिनगर माविका लागि लाखौँ रुपैयाँ छुट्याउनु विभेद र काँग्रेसलाई खुसी पार्ने खेल भएको बताउनुभयो । 

वार्षिक भाडावाफत लाखौ रुपैयाँ संकलन गरेर आर्थिक पारदर्शिता कायम नगर्ने विद्यालयलाई बजेट विनियोजन गर्नु भ्रष्टाचारलाई बढवा दिनु भएको स्थानीयको आरोप छ । त्यस्तै अर्को आर्थिक रुपमा सम्पन्न ऐश्वर्य विद्या निकेतनलाई पनि लाखौ रुपैयाँको बजेट दिनु न्याय संगत नभएको भन्दै वडाअध्यक्षले नै विरोध जनाएका छन् ।

ऐश्वर्यको व्यवस्थापन समितिको अध्यक्ष उपमहानगरपालिकाका प्रमुख वड नै अध्यक्ष भएको बेला आर्थिक रुपमा सम्पन्न विद्यालयलाई बजेट विनियोजन गर्नु कुनैपनि हालतमा न्यायसंगत नभएको उनीहरुले बताएका छन् ।