सुदूरपश्चिममा मन्त्रीपरिषद् बिस्तार, नाउपाका चौधरी भौतिक मन्त्री

सुदूरपश्चिममा मन्त्रीपरिषद् बिस्तार, नाउपाका चौधरी भौतिक मन्त्री

धनगढी ।  बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद्  बिहीबार नै विस्तार गर्नु भएको छ ।

मन्त्री परिषदमा विस्तार गर्दा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाइएको छ । उहाँलाई प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्री सोडारीको उपस्थितिमा बिहीबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गराए  ।

चौधरी र अर्का प्रदेश सभा सदस्य टीका थापालाई विना विभागीय मन्त्री बनाउन खोजिएको थियो । तर चौधरीले विना विभागीय मन्त्री बन्न नमानेपछि केही समयको रस्साकस्सीपछि चौधरीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । थापालाई पनि केही दिनमै मन्त्री बनाउने चर्चा छ ।