कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट भन्सार छलीको अन्दाजी २५ हजार ७२० मुल्य बराबरका सामान बरामद गरिएको हो ।

लेडिज सुट, खानेतेल, सोन पापडी, पास्ता लगायतका सामान बरामद गरेको प्रहरी बिट सुकासालले जनाएको छ। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएकोे छ।