सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गतेदेखि

सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गतेदेखि

धनगढी । अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप आयोजना हुने भएको छ। पि एफ ए स्पोर्ट्स क्लबको आयोजनामा यही वैशाख १४ गते देखी २२ गतेसम्म सुदूरपश्चिम राजधानी मेयर कप सञ्चालन हुने भएको हो।

बुधवार आयोजक पि एफ ए स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो। क्लबका उपाध्यक्ष भगवती साउँदले प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कार सँगै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइन् ।

त्यस्तै द्दितिय हुने टिमले १ लाख नगदसँगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने उनले बताइन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार,उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछन् भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछन्।

त्यसै गरी प्रतियोगितामा म्यान अफ द म्याचकालागि ३३ हजार रुपैयाँ छुट्ट्याएको छ। उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख अनुमान गरेको छ। टिम दर्ता शुल्क ८ हजार तोकिएको छ। प्रतियोगितामा १२ ओटा टिम सहभागी रहने जनाइएको छ ।