बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

आयुर्वेदका अनुसार बीरेनुनलाई आफ्नो आहारसँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । यसले मधुमेह , उच्च रक्तचाप, पेटसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ।

किनकी यसमा ८० प्रकारको खनिज पदार्थहरु पाईन्छ । विहान बीरेनुनलाई पानीमा मिसाएर खानुभयो भने, तपाईंको स्वास्थ्य निकै नै राम्रो हुन्छ ।

बीरेनुन पानी बनाउने तरिका

एक गिलास मन्तातो पानीमा आधा सानो चम्चा बीरेनुनलाई मिसाउनुहोस् । यसलाई राम्ररी चलाई २४ घण्टाको लागि त्यसै छोड्नुहोस् । नुन पुरै रुपमा पानीमा घुलेपछि यस पानीलाई पिउनुहोस् ।

बीरे नुन पानी पिउनाले हुने फाईदाहरु

१) पाचनशक्तिमा सुधार ल्याउँछ स् पेटभित्र हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पुर्याउने इन्जाईमलाई उत्तेजित बनाउनमा मद्धत गर्दछ । यसबाट पाचन शक्तिमा सुधार आउँछ ।

२) मोटोपन घटाउँछ स् यसले पाचन शक्तिलाई बढाई शरीरको कोशिकाहरुमा पोषण पुर्याउँछ । जस्ले गर्दा मोटोपन घटाउनमा मद्धत मिल्छ ।

३) जोर्नीको दुखाईबाट आराम दिलाउँछ स् मांसपेशी र जोर्नीको दुखाईलाई बीरेनुनको प्रयोगले आराम दिलाउँछ । एउटा कपडामा १ कप बीरेनुनलाई हाली त्यसलाई बाँधी पोका बनाउनुहोस् । त्यसपछि यसलाई ताप्केमा राखेर थोरै तताउनुहोस् । र यसलाई जोर्नी दुखेको ठाउँमा लगाउनुहोस् ।

४) छाती दुख्ने समस्याबाट मुक्ति स् यसले पेटमा बन्ने एसिडलाई हटाई छाती दुख्ने समस्याबाट छुट्कारा दिलाउनुको साथै एसिडिटीलाई पनि ठिक गर्छ ।

५) कोलेस्ट्रोललाई नियन्त्रण गर्छ स् बीरेनुनको प्रयोगले रगत पातलो हुने हुन्छ। जस्ले पुरै शरीरलाई आराम मिल्दछ । यसले गर्दा तपाईंको कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण हुने गर्छ।

६) शिशुहरुको लागि निकै नै राम्रो स् बीरेनुनको प्रयोग सानो बच्चाको लागि निकै नै राम्रो हुन्छ । यसले अपच र खोकीको समस्यालाई हटाउनमा मद्धत गर्छ । शिशुहरुको भोजनमा थोरै बीरेनुनलाई हालेर खानाले पेटसम्बन्धि समस्या निको हुनुको साथै खोकीबाट आराम मिल्छ।

७) राम्रो निन्द्रा ल्याउनमा मद्धत गर्छ स् बीरेनुनले कोर्टिसोल र एड्रनलाईन जस्तो दुई खतरनाक हार्मोनलाई कम गर्छ । यसले गर्दा राति राम्रो निन्द्रा आउने हुन्छ।

८) छालाको समस्याबाट छुट्कारा दिलाउँछ स् बीरेनुनको पानीको सेवनले छालामा भएको दागहरु हट्नुको साथै चम्किलो र सफा छाला बन्ने हुन्छ । बीरेनुन सौन्दर्यताको लागि पनि निकै नै फाईदाजनक छ।