समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो लोसपा

समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो लोसपा

काठमाडौँ । मधेश प्रदेश सरकारलाई दिएको समर्थन लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले फिर्ता लिएको छ। लोसपाले मधेश सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई पनि फिर्ता बोलाएको छ।

लोसपा मधेश प्रदेश सांसद उपेन्द्र महतोका अनुसार आफ्नो पार्टीबाट सरकारमा वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीलाई फिर्ता बोलाइएको हो।

उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन्। उनले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।

साथै, लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ। १०७ सदस्यीय मधेश प्रदेशसभामा लोसपाका नौ सांसद छन्।