प्रधानमन्त्री दाहाल र नेता खनालबीच भेटवार्ता

प्रधानमन्त्री  दाहाल र नेता  खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। 

आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग नेता खनालले भेट गरेका हुन् ।भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

वैशाख १५ मा हुन लागेको उपनिर्वाचन र प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित थियो।