एक व्यक्तिले पुलमाथिबाट सुसु गरिदिँदा कैयौं मानिस घाइते !

एक व्यक्तिले पुलमाथिबाट सुसु गरिदिँदा कैयौं मानिस घाइते !

जर्मनीको राजधानी बर्लिनमा एक व्यक्तिले शुक्रवार बेलुका एउटा पुलमाथिबाट पर्यटक चढेको डुंगामा पिसाब फेरिदिँदा कैयौं मानिस घाइते भएको बर्लिन फायर डिपार्टमेन्टले जनाएको छ । 

माथिबाट पिसाबको छिटा परेपछि डुंगामा मानिसको भागाभाग भएको थियो । त्यतिखेर डुंगा बर्लिन–मिट्टेमा रहेको जान्नोविज पुलमुनिबाट जाँदैथियो । 

स्प्री नदीमाथिको चार मिटर अग्लो पुलमुनिबाट डुंगा गइरहँदा पिसाबको छिटा परेपछि कैयौं मानिस उफ्रिएको अनि उनीहरूको टाउकोमा चोट लागेको फायर डिपार्टमेन्टले जनायो । 

चारजनालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ । 

पिसाब फेर्ने मानिसविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ र उसको व्यवहार असामान्य भएको बताएको छ । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ ।