धनगढीमा सुविधा सम्पन्न 'माया मेट्रो’ अस्पतालद्धारा आज देखि सेवा शुरु

धनगढीमा सुविधा सम्पन्न 'माया मेट्रो’ अस्पतालद्धारा आज देखि सेवा शुरु

धनगढी । प्रदेश नम्बर सातको अस्थायी राजधानी रहेको धनगढीमा सुविधा सम्पन्न अस्पताल खुल्ने जारी रहेको छ । यसै क्रममा केहि चिकीत्सक तथा यस क्षेत्रका अग्रणी व्यापारिक घरनाहरुको लगानीमा सुविधा सम्पन्न ‘माया मेट्रो’ अस्पतालले पनि आफ्नो सेवा शुरु गरेको छ । अस्पतालले  शुक्रबार(आज) देखि सेवाहरु सञ्चालनमा आएको हो ।

१० करोड रुपैयाँ बढीको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको अस्पताल रहेको छ । धनगढी उपमहानगरपालिका(३ चटकपुरमा हाल २५ श्ययाको उक्त अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा आएको हो । 

 अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्सरे तथा सिटीस्क्यान सेवा, आइसियु,एनआइसियु,पिआइसियु सेवा, वातावरण अनुकूल क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवासुविधा रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिनुभयो ।