कुशल कलाकार बन्ने सोचमा पछिल्लो समय संगीतमा रमाउदै अमृत थापा

कुशल कलाकार बन्ने सोचमा पछिल्लो समय संगीतमा रमाउदै  अमृत थापा

वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउँन सकिन्छ ।
त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिने गरेको पाईन्छ । त्यसैले होला, सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल कलाकार अमृत थापा भविष्यमा चर्चित भन्दा पनि कुशल कलाकार बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र पनि हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउँने माध्येम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट विभिन्न अवसरहरू पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन् ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरू पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ । यसै सिलसिलामा धनगडीका अमृत थापा पनि कलाक्षेत्रमा आफ्नो भग्या खोज्ने क्रममा निर्माणधिन चलचित्र ‘श्रृंगार’मा अनुबन्ध भएका छन् ।

म्युजिक भिडियोमा देखिदै आईरहेका थापा यसै क्षेत्रमा निरन्तरता दिने सोचमा छन् । चलचित्र ‘श्रृगार’ बेदप्रसाद भुर्तेलले निर्देशन गर्ने भएका छन् भने भुर्तेल निर्देशित अघिल्लो चलचित्र ‘नदेखिएको जात’ प्रदर्शनको क्रममा रहेको छ ।

धेरै सफल पनि भैरहेका छन् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्रबाट हराईरहेका पनि छन् । मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरू रहेका छन् भने क्षमतावान तथा कला भएकाहरूको लागि आफु चर्चित हुने राम्रो माध्येम पनि हो ।

मोडलिङ क्षेत्रलाई ब्यबसायिक रूपमा अगाडी बढाउँने सोचका साथ सम्भावना सहित मोडलिङमा प्रवेश गरेकी मोडल तुलसा साह बुढालीनकण्ठकी बासिन्दा हुन् । यसै साता उनि अभिनित नेपाली र मैथली भाषाको ‘तिम्रो दिल छ मेरोे नाम‘’ शिर्षकको भिडियो सार्वजनिक भएको छ ।

निरन्तर भोजपुरी फिल्म निर्माण गर्दै आईरहनु भएका भरत साहले भन्नुभोः ‘मेरा चाहना थियो आफ्नी जीवन सङ्गीनिलाई रङ्गीन पर्दामा हेर्ने, सार्वजनिक भिडियो मार्फत त्यो चाहना पुरा भएको छ ।
निर्माता साहले आफ्नो जन्मदिनको अवसर पारेर एक भब्य कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गर्नु भएको थियो