डोटीमा सडक बाट खसेर एक पुरुषको मृत्यु

डोटीमा सडक बाट खसेर एक पुरुषको मृत्यु

डोटी । डोटीमा लडेर एक पुरुषको मृत्यु भएको छ।

आदर्श गाउँपालिका–२ मौवाका ३२ वर्षीय लोग वि.कको आज (शुक्रवार) लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। लोग आदर्श गाउँपालिका–२ कारिया टोलको सडक खण्डबाट करिब १२ फिट तल खसेर घाइते भएका थिए।

उनलाई इलाका प्रहरी कार्यालय आदर्शको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।