मलेसियाले नेपाललाई दियो १४५ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । ओपनर विरन्दीप सिंहको अर्धशतकप्रेरित मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको हो ।