धनगढीमा कार र मोटरसाइकल ठोक्किए

धनगढीमा कार र मोटरसाइकल ठोक्किए

धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकमा कार र मोटरसाइकल ठोक्किएका छन् । प्रहरीका अनुसार शुक्रवार बिहान बाग्मती प्रदेश ०१०२६ च १७८३ नम्बरको कार र सुपप्र ०१००७ प ९८२३ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ बस्ने विक्रम राना र पछाडि सवार दीपेन्द्र राना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

कार चालक गोदावरी नगरपालिका-१ का ४० वर्षीय लोकराज पाण्डेय उपचारमा संलग्न रहेका र दुबै सवारी साधन नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ ।