अनेरास्ववियु कैलालीको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने

अनेरास्ववियु कैलालीको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते घोडाघोडी नगरपालिका स्थित सुखडमा हुने भएको छ।

बिहीबार घोडाघोडी नगरपालिकाको सुक्खडमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
आयोजक कमिटी संयोजक कपिल सापकोटा को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का प्रमुख अतिथि, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह इन्चार्ज कल्पना तिमिल्सेना विशिष्ट अथितिका रूपमा रहेका थिए।

अनेरास्ववियु कैलाली जिल्ला अधिवेशन चैत्र २६ र २७ गते तोकिएको भएपनि सम्पन्न हुन सकेको थिएन।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र जसका लागि करिब ५०० प्रतिनिधि उपस्थित हुने बताइएको छ।
जिल्ला अध्यक्षको दौडमा सह संयोजकहरु पुष्प राज सुवेदी,हरिश न्यौपाने कुबेर खड्का र सदस्य गणेश नाथ योगि रहेका बुझिएको छ।