आगलागी हुुँदा ४ लाखको क्षति

आगलागी हुुँदा ४ लाखको क्षति

धनगढी - कैलालीमा आगलागी हुँदा ४ लाखको क्षति भएको छ। लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बिकको गोठमा बिहीबार आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी काठपात गोरुगाडा पराल साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।