हजुरआमाको हत्या गरेको अभियोगमा ३० वर्षीय पाण्डे पक्राउ

हजुरआमाको हत्या गरेको अभियोगमा ३० वर्षीय पाण्डे पक्राउ

आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा  पर्साको बिन्दवासनी गाउँपालिका ५ हस्वा टोल बस्ने ३० वर्षीय अजयकुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
जग्गाको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवरजिया देवीको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु थियो।

प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।