हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतारले गर्‍यो ‘ओभरसुट’

हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतारले गर्‍यो ‘ओभरसुट’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ । भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको प्रवक्ता झाले जानकारी दिए ।

उनका अनुसार आन्तरिक उडान समेत प्रभावित बनेको छ । नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौंमै फिर्ता गर्नुपरेको छ । बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट गर्नुपरेको छ ।

अहिले दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् ।