एमाले सुदूरपश्चिममा तोकिए २८ विभागका प्रमुख ६ जना केन्द्रीय सदस्यमा सिफारिस

एमाले सुदूरपश्चिममा तोकिए २८ विभागका प्रमुख ६ जना केन्द्रीय सदस्यमा सिफारिस

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले विभिन्न २८ वटा विभाग गठन गर्दै जिम्मेवारी समेत तोकेको छ । २४ चैतमा धनगढीमा सम्पन्न भएको बैठकले विभिन्न जिल्लाका ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सिफारिस समेत गरेको छ ।

बैठकले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई स्कुल विभागको प्रमुखको जिम्मेवारी दिएको छ भने उपाध्यक्ष कालीबहादुर शाहीलाई स्थानीय विकास विभागको जिम्मेवारी दिएको छ ।

सचिव रणबहादुर चन्द संगठन विभागको प्रमुख, उपसचिव भागरथी बिष्टलाई प्रचार तथा प्रकाशन विभाग, नरबहादुर विश्वकर्मालाई बित्त तथा कोष व्यवस्थाप विभा, नेपालु चौधरीलाई निर्वाचन विभाग,जानकी ऐर बमलाई संसदीय विभाग, सुर्यबहादुर थापालाई उद्योग वाणिज्य तथा आपुर्ति विभागको प्रमुखकको जिम्मेवारी दिएको छ ।

यस्तै झुमा चौधरीलाई उपभोक्ता हित संरक्षण र शुसासन विभाग, नागेन्द्र तिवारीलाई उर्जा जलस्रोत तथा सिचाई विभाग, करमसाय रानालाई कृषि तथा पशुपन्छी विभाग, दलबहादुर धामीलाई कानुन विभाग, लोग्सरी कुँवरलाई पुस्तकालय तथा अभिलेख विभाग,रामसिंह धामीलाई खानेपानी तथा सरसफाई विभाग, प्रशान्त थापालाई पर्यटन तथा नागरिक उड्यन विभाग, भानसिंह बिकलाई भूमी व्यवस्था विभाग, कर्णबहादुर कुँवरलाई भौतिक पूर्वाधार तथा यातायात विभाग, चतुरभुज शाहीलाई युवा तथा खेलकुद विभाग, गोकर्ण भट्टलाई वन तथा वातावरण विभागको प्रमुख बनाएको छ ।

सत्यराज स्नेहीलाई विपद् व्यवस्थापन तथा स्वयमसेवा विभाग, विशेश्वरप्रसाद ओझालाई शिक्षा तथा मानव स्रोत विभाग, पशुपति कुँवरलाई सामाजिक सेवा विभाग, दुर्गादत्त ओझालाई सामाजिक सुरक्षा तथा समाजकल्याण विभाग, तपेन्द्र रावललाई सहरी विकास विभाग, पदमराज भट्टलाई साहित्य कला तथा संस्कृति विभाग, शान्ति भट्ट जोशीलाई स्वास्थ्य तथा जनसंख्या विभाग, चक्र रावललाई सहकारी तथा गरिबी निवारण विभाग र शिवप्रसाद उपाध्यायलाई अर्थ तथा योजना विभागको प्रमुख बनाएको छ ।

बैठकले विभिन्न पार्टी परित्या गरि आएका ११ जनासहितका २४ जनालाई प्रदेश कमिटि सदस्यमा मनोनित गरेको छ । प्रदेश सदस्यमा मनोनित हुनेमा कैलालीकी सरिता सिजापती, सावित्रा घिमिरे, कन्दकला राना, धर्मराज पाठक, राजेश खाती, दामोदार रिजाल, कञ्चनपुरका कर्णबहादुर चन्द, रणबहादुर महरा, दार्चुलाका प्रेमसिंह धामी, बैतडीका सुरेन्द्र पाल, चक्र कार्की, डडेल्धुराका गजेन्द्र शाही र अछामका केशर मिया रहेका छन् ।

यस्तै पार्टी परित्या गरि एमाले प्रवेश गरेका डोटीका दीर्घ बोगटी, बैतडीका नरेन्द्र बिष्ट, महादेव भट्ट, चम्मन भण्डारी, कर्णबहादुर रोकती, सुनिल बिक, कैलालीका बखतबहादुर बिष्ट, खडक बम,रामबहादुर श्रेष्ठ, दार्चुलाका कृष्णसिंह धामी, लालीराम लुहारलाई पनि प्रदेश कमिटि सदस्यमा मनोनित गरेको छ ।

उक्त बैठकले पार्टी केन्द्रीय कमिटि, निकाय र विभागमा मनोनित गर्न ३९ जना नेताको नाम केन्द्रीय कमिटिलाई सिफारिस गरेको छ । केन्द्रीय सदस्यका लागि भने ६ जनाको नाम पठाइएको छ ।

केन्द्रीय सदस्यका लागि पूर्व प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सभा सदस्य बिरबहादुर थापा, बाजुराका पूर्व उपसचिव बलदेव रेग्मी, पूर्व प्रदेश सचिवालय सदस्य बचनबहादुर सिंह, पूर्व सांसद डा।दिपकप्रसाद भट्ट र पूर्व प्रदेश सचिवालय सदस्य जिवन बमको नाम सिफारिस गरिएको छ ।