बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी सघं ओम्स नेपाल सुदूरपश्चिम कमिटिको भित्तेपात्रो विमोचन

बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी सघं ओम्स नेपाल सुदूरपश्चिम कमिटिको भित्तेपात्रो विमोचन

धनगढी । बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी सघं ओम्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको भित्तेपात्रो विमोचन गरिएको छ । नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो बुधबार एक कार्यक्रमका बिच बिमोचन गरिएको हो । 

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित संघले भित्तेपात्रो विमोचन गरेको हो । नेपाल टे«ड युनियन महासंघ जिफन्ट सुदूरपश्चिमका अध्यक्ष जित बहादुर मल्ल ओम्स नेपालका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला, केन्द्रिय उपमहासचिव जनक ढकाल जिफन्ट प्रदेश उपाध्यक्ष ठक्कर बिष्ट, जिफन्ट सचिव चन्द्र प्रकास गैरे लगायतले भित्तेपात्रो विमोचन गरेका हुन् ।

ओम्स नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा अटो मेकानिक्ट केन्द्रिय सदस्य बिस्णु अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम  अध्यक्ष ललित चन्द, ओम्स नेपालका पदाधिकारी तथा सदस्यहरु, एवं जिफन्ट घटक युनियनमा आबद्ध विभिन्न सगंठनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 

भित्तेपात्रो विमोचन कार्यक्रमकै अवशरमा पात्रो निकाल्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै ओम्स नेपालका सदस्य तथा सल्लाहकारलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।