४० हजार सहभागी ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण

४० हजार सहभागी ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण

उत्पादनमुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ ।
स्किल र कम्पिटेन्सी टेस्ट पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची रोस्टरमा सूचीकृत हुने विभागले जनाएको छ । आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सीप परीक्षण गरिने भएको छ ।

उत्तीर्ण परीक्षार्थीलाई राहदानी र प्रवेश पत्रसहित तोकिएको मिति स्थान र सममयमा उपस्थित हुन ईपीएस कोरिया शाखाले भनेको छ ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ ।